६ कार्तिक २०८३, शुक्रबार

इन्धनमा भएको मूल्य बृद्धिसँगै हवाई भाडा पनि बढ्यो, बुधबारदेखि लागू हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । सरकारले इन्धनमा गरेको मूल्य बृद्धिसँगै वायु सेवा कम्पनीले पनि हवाई भाडा बढाएका छन् ।

आयल निगमले हिजो आइतबार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सबैभन्दा धेरै काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँ बढेको छ । यस्तै सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० रुपैयाँ बढेको छ । बढेको भाडा ११ गते बुधबारदेखि लागू हुने बताइएको छ ।

नयाँ दरअनुसार काठमाडौं–धनगढीको अधिकतम भाडा १५ हजार ६६५ रुपैैयाँ पुगेको छ ।

यस्तै काठमाडौं–नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५, विराटनगरको ९ हजार ३२५, जनकपुरको पाँच हजार २५०, भरतपुरको चार हजार ४३५, पोखराको ६ हजार ३०५ र भैरहवाको अधिकतम भाडा सात हजार ८८० रुपैयाँ पुगेको छ ।