
भरतपुर, ९ जेठ । भरतपुर महनगरपालिकाको मतगणना पुनः सुचारू भएको छ ।
मत गणनास्थलमा भएको सामान्य विवादका कारण रोकिएको मतगणना पुनः सुचारू भएको हो । वडा नम्बर–२७ को मतपेटिका जाँचका क्रममा एमालेका कार्यकर्ताहरूले विवाद गरेपछि केहीबेर स्थिति तनावपूर्ण बनेको थियो ।
स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएसँगै मतगणना कार्य पुनः सुचारु भएको छ ।















प्रतिक्रिया