
काठमाडौँ, ९ जेठ । स्थानीय निर्वाचनको मत परिणामसँगै पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी एमाले विजयी भएका छन् ।
नेपाली कांग्रेसका युवा नेता महेश खरेलले १२ हजार ८ सय ३६ मत प्राप्त गरी नेपाली कांग्रेसबाट विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका उमेदवार कंचन अधिकारीले ८ हजार १ सय १५ मत प्राप्त गरी उपविजेता बनेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी उपमेयर पदका लागि नेकपा एमालेका तर्फबाट उमेदवारी दिएकी सूर्यमाया दनुवारले ९ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उमेदवार चेतप्रसाद गौतमले ९ हजार १० मत प्राप्त गरी उपविजेता बनेको निर्वाचन आयोगले जनाएको छ ।















प्रतिक्रिया