
काठमाडौं, ९ जेठ। सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले बलात्कार गरेको अभियोग लगाएकी युवती जिल्ला अदालत काठमाडौं पुगेकी छन्।
मानव बेचबिखन मुद्दामा पीडितको बयान प्रमाणित गराएर मात्र अभियुक्तविरुद्ध थुनाको म्याद दिने भएपछि उनी अदालत पुगेकी हुन्।
पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचबिखन गरी दुईवटा मुद्दा अनुसन्धानको तयारी प्रहरीले गरेको छ।
मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी ती युवतीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाएकी थिइन्।
उनले आठ बर्षपछि उक्त घटना सार्वजनिक गरेकी थिइन्।











प्रतिक्रिया