५ कार्तिक २०८३, बिहिबार

तुल्सीपुर उपमहानगरमा एमालेको अग्रता, कसले कति मत ल्याए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । दाङको तुल्सीपुर उपमहानगरपालिकामा अहिलेसम्म ४९०३३ मतगणना गरिएको छ । पछिल्लो मत परिणामअनुसार सो उपमहानगरमा एमालेबाट मेयरका उम्मेदवार टिकाराम खडकाले २०८९४ मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८९४० मत ल्याएर दोश्रो स्थानमा रहेका छन् ।

एमालेका उम्मेदवार खड्काले १९५४ मतान्तरसहित अग्रता लिइरहेका छन् । त्यस्तै एमालेबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २०३११ मत ल्याएर अग्रता लिइरहेकी छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १४०२३ मत ल्याएका छन् । चौधरीले ६३०८ मतान्तरले अग्रता लिइरहेकी छन् ।