६ कार्तिक २०८३, शुक्रबार

चुनाव सकिएपछि सरकारले जनताको टाउकोमा महँगीको भार थप्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ। चुनाव सकिएको भोलीपल्ट देखि नै सरकारले जनताको टाउकोमा महँगीको भार थपेको छ।

३१ वैशाखमा पेट्रोलियम पदार्थमा उच्च मुल्यबृद्धि गरेको नेपाल आयल निगमले आइतबार थप १० रुपैंया बढाएर प्रति लिटर १८० रुपैंया कायम गरेको छ।

यस्तै डिजल र मट्टितेल १६३ बनाइएको छ भने खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २ सय बढाएर १८ सय बनाइएको छ। पेट्रोलियममा भएको उच्च मुल्यबृद्धिसँगै सबै क्षेत्रमा महँगी बढेको छ।

खाने तेलमा मात्र प्रतिलिटर ५० रुपैंया बढिसकेको छ। स्थानीय चुनावको मतदानसम्म तेलमा मुल्यबृद्धि उच्च गरिएको थिएन।