६ कार्तिक २०८३, शुक्रबार

तुलसीपुर उपमहानगरमा एमालेका उम्मेदवारको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ९ जेठ । तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ ।

उपमहानगरको ४४ हजार १०० मत गन्दा मेयरका उम्मेदवार एमालेका टीकाराम खड्काले १८ हजार ७४७ मत प्राप्त गरेका छन् । उनी कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीभन्दा १ हजार ६०० मतले अगाडि छन् । गिरीले अहिलेसम्म १७ हजार १४७ मत पाएका छन् ।

यस्तै, उपमेयरमा पनि एमालेकी स्यानी चौधरीको अग्रता कायमै छ । उनी एकीकृत समाजवादीका जोगबहादुर रानाभन्दा ५ हजार ४२६ मतले अगाडि छिन् । चौधरीले १८ हजार १३२ मत पाउँदा रानाले १२ हजार ७६ मत पाएका छन् ।