६ कार्तिक २०८३, शुक्रबार

भरतपुर महानगर अपडेट : निरन्तर मतान्तर बढाउँदै गठबन्धनकी रेणु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ९ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहाल निरन्तर मतान्तर बढाउँदै जिततर्फ उन्मुख हुन थालेकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार उनी प्रतिस्पर्धी उम्मेदवार भन्दा ९ हजार ८३४ मतले अगाडि छिन् । महानगरको १ लाख १ हजार ९४५ मतगणना सकिँदा रेणुले ४३ हजार २३७ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ४०३ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३ हजार २९० मत प्राप्त गरेका छन् । उप मेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४४ हजार ६४७ मत प्राप्त गरेका छन् ।