६ कार्तिक २०८३, शुक्रबार

भरतपुर–१९ मा एमाले विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिका–१९ को वडाध्यक्षमा नेकपा एमालेका प्रकाश तामाङ निर्वाचित भएका छन्। नेपाली कांग्रेसका द्रोणबहादुर गुरुङलाई हराउँदै एमालेका तामाङ निर्वाचित भएका हुन्।

यो वडा कांग्रेसको पकड क्षेत्र भनिए पनि एमाले उम्मेदवार निर्वाचित भएका हुन्। वडामा ३ हजार ४ सय ८८ मत खसेको थियो ।

अघिल्लो चुनावमा यस वडाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनः चुनाव हुँदा कांग्रेसका कर्णबहादुर गुरुङ १ हजार ४ सय ७८ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला एमालेका प्रकाश तामाङले १ हजार ९७ मत ल्याएर हारेका थिए।