
काठमाडौँ, ८ जेठ । मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने २८ वर्षीय सविन पहाडी, हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ शान्तिनगर बस्ने १९ वर्षीय युवराज चौलागाई र बकैया गाउँपालिका वडा नम्बर ४ छतिवन घर भई हाल हेटौडा–११ थानाभर्याङ डेरा गरी बस्ने ३३ वर्षीय लक्ष्मण घलान रहेका छन् ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनीहरूलाई गत सोमवार पक्राउ गरेर प्रहरीले आइतवार सार्वजनिक गरेको हो । उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।















प्रतिक्रिया