
चितवन, ७ जेठ । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उमेदवा रेनु दाहालले निकटतम मतान्तर निरन्तर फराकिलो बनाउँदै लगेकी छन् । उनले एमालेका विजय सुवेदीलाई ५ हजार ५१८ मतले पछि पारेकी छन् ।
अहिलेसम्म ७३ हजार ७८७ मतगणना भएको छ । जसमा रेनुले २८ हजार ६०८ मत र विजयले २३ हजार ९० मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन् ।















प्रतिक्रिया