६ कार्तिक २०८३, शुक्रबार

धनगढीमा अग्रता बढाउदैँ हमाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ६ जेठ । धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उपमहानगरपालिकाको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ७७ मतको अग्रता लिएका छन् ।

६३ हजार ७१५ मत खसेको धनगढीमा ४४ हजार १०३ मत गन्दा हमालले २० हजार ६ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ९ हजार ९२९ मतसहित हमाललाई पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ४ हजार ९१४ मत ल्याएर तेस्रो स्थानमा छन् ।