६ कार्तिक २०८३, शुक्रबार

पर्साको सखुवाप्रसौनीमा एमालेका उम्मेदवार विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका जसवन्त यादव ६ हजार ६४१ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का प्रदीप जयसवालले ४ हजार ८१० मत प्राप्त गरे । जयसवाल गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा जसपाकी शर्मिला विष्ट निर्वाचित भएकी छन् । विष्टले ४ हजार ४६८ मतसहित निर्वाचित हुँदा एमालेकी फूलमतिकुमारी थरुनीले ४ हजार २ सय ५६ मत पाएकी छन् । थरुनी निवर्तमान उपाध्यक्ष हुन् ।