६ कार्तिक २०८३, शुक्रबार

अब यस्तो हुनेछ शिक्षकको नयाँ पोशाक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन हुने भएको छ ।

शुक्रबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले एक सूचना जारी गर्दै शिक्षकलाई नयाँ पोशाक तोकेको हो ।

खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट, कलेजी रङको स्वेटर र कालो जुत्तालाई शिक्षकको पोशाकका रुपमा तोकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

त्यस्तै साडी, ब्लाउज, कुर्ता सुरुवालको रङ भने परिवर्तन गरिएको छैन । यसअघि कालोमा सेतो धर्का भएको कोट र पाइन्ट तथा हल्का नीलो रङको सर्टलाई पोशाकका रुपमा तोकिएको थियो । शिक्षकहरुकै माग अनुसार पोशाक परिवर्तन गरिएको शाखाले जनाएको छ ।

पोशाक खरिदका लागि सरकारले शिक्षकलाई वार्षिक रुपमा प्रतिव्यक्ति दश हजार रुपैयाँ पाउँदै आएका छन् ।

शाखाले पोशाकको नमुना नेपाल शिक्षक महासंघबाट लिन सक्ने जनाएको छ । शुक्रबार साँझसम्म मात्रै पोशाकको नमुना तयार हुने शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

सूचनाः