६ कार्तिक २०८३, शुक्रबार

सुन्दरी प्रतियोगितामा युवतीमाथि भएको यौन हिंसाविरुद्ध अनेरास्ववियुकी अध्यक्ष बरालको आक्रोश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सुन्दरी प्रतियोगितामा आफूमाथि करणी भएको भन्दै न्यायको माग युवतीको पक्षमा एकजुट हुन आह्वान गरेकी छन् ।

८ वर्षअघि पटक–पटक बलात्कार हुँदा पनि सहन बाध्य भएको भन्दै युवतीले सामाजिक सञ्जालमार्फत न्यायको याचना गरेपछि अध्यक्ष बरालले उनको न्यायका लागि एकजुट हुन आह्वान गरेकी हुन् ।

उनले अब त अति भो भन्दै लेखेकी छन्, ‘सुष्मिताले उठाएको आवाजको विषयमा पक्ष र विपक्षमा होइन, एकमतले न्यायका प्राप्तिको लडाइँमा जुट्नुपर्छ । एकमतले ती अपराधीलाई कारबाहीको दायरामा ल्याउन आन्दोलनको आँधी उठाउनुपर्छ। एकसाथ, समाजका यस्ता कलुसित चरित्रलाई परास्त गर्नुपर्छ। त्यसैले सुष्मिताको न्यायको पक्षमा हरेकले आवाज उठाऔं ।’

यस्तो छ बरालको आक्रोश

छोरीहरु कुनै न कुनै रुपले (शारीरिक, मानसिक, मनोवैज्ञानिक) रुपमा असुरक्षित हुने क्रम रोकिएको छैन । सुन्दरी प्रतियोगिताको सन्दर्भसँग जोडिएर सुस्मिता जी ले उठाउनु भएको विषयले गम्भीर बनाएको छ ।

सुस्मिताको न्यायको पक्षमा !

सदियौंदेखिको यौनजन्य हिंसाको श्रृंखलाको एउटा कारुणिक यथार्थकै रुप अहिले बहसमा आएको छ, ‘सुष्मिताको अस्मिता लुटिएको’ विषय । ६ महिनासम्म बन्धक बनाएकै शैलीमा गरिएको यो अपराध कुनै कोणबाट क्षम्य छैन ।

घटना अहिले अनुसन्धानको क्रममा छ। आधा दशकभन्दा पछि यो विषय सार्वजनिक भएको छ । अनुसन्धानपछि घटनाको वास्तविकता आउने छ । र, पीडितले न्याय पाउने र यो कुकृत्यमा संलग्नले कानूनी कारबाही भोग्ने सुनिश्चित होस् । यसका लागि सबै सरोकारवालालाई दबाब दिन पनि जरुरी छ ।

अब अति भो !

सुष्मिताले उठाएको आवाजको विषयमा पक्ष र विपक्षमा होइन, एकमतले न्यायका प्राप्तिको लडाइँमा जुट्नुपर्छ । एकमतले ती अपराधीलाई कारबाहीको दायरामा ल्याउन आन्दोलनको आँधी उठाउनुपर्छ। एकसाथ, समाजका यस्ता कलुसित चरित्रलाई परास्त गर्नुपर्छ। त्यसैले सुष्मिताको न्यायको पक्षमा हरेकले आवाज उठाऔं ।

अनुसन्धान, अभियुक्तमाथि कानूनी कारबाही र पीडितको जीवनरक्षा र सुरक्षाका लागि आ–आफ्नो ठाउँबाट सबैले आवाज बुलन्द गरौं।

पुचश्चः ‘म कुनै पनि किसिमको हिंसा सहन्नँ। हिंसा हुन दिन्नँ, हिंसा गर्नेलाई कानूनी दायरामा ल्याउन र कानूनी कारबाहीका लागि अघि बढ्छु’ भन्ने भावना र उद्घोषका लागि अघि बढ्न सबैलाई आग्रह गदर्छु।

महिला हिंसाविरुद्धको लडाइँमा अहिलेसम्म कयौं ठाउँमा व्यक्तिगत रुपमा र मैले नेतृत्व गरेको संगठनको तर्फबाट पुगेकी छु, कानूनी उपचार खोजेर न्याय दिलाइएको छ। र, सुष्मिताको न्यायका खातिर तपाई–हामी एकाकार हुन जरुरी छ। हिंसामुक्त समाज निर्माण गर्ने दायित्व त्यसै पूरा हुँदैन। जागौं, बोलौं र न्यायका निम्ति डटेर लडौं।