६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँसहित यी १२ जिल्लामा माओवादी केन्द्र निल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । सत्तारुढ नेकपा माओवादी केन्द्र काठमाडौँसहित १२ जिल्लामा निल भएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामका क्रममा हालसम्म ३७ जिल्लाको नतिजा आइसकेको छ । जसमध्ये १२ जिल्लामा माओवादी शून्य बनेको हो ।

माओवादी केन्द्रले धनकुटा, संखुवासभा, तेह्रथुम, रसुवा, भक्तपुर, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र नवलपरासी पूर्वका एउटै पालिकामा प्रमुख जित्न सकेन । त्यस्तै, काठमाडौँ, कास्की र बाजुरामा पनि माओवादी प्रमुखमा निल हुने अवस्था देखिएको छ  ।

काठमाडौँ र पोखराको प्रमुखमा माओवादीका उम्मेदवार नै छैनन् । त्यस्तै नागार्जुनमा कांग्रेस र एमाले प्रतिस्पर्धामा छन ्। त्यस्तै, बाजुराको बुढीनन्दामा पनि माओवादी प्रतिस्पर्धा भन्दा निकै टाढा रहेको छ ।