
कैलाली, ६ जेठ । सुदूरपश्चिम प्रदेशको ठूलो दल नेकपा एकीकृत समाजवादी २ पालिकाको नेतृत्वमै सिमित भएको छ ।
५१ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका १४ जना सांसद छन् ।
प्रदेशमा धेरै मन्त्रालय समेत पाएको नेकपा एसले हालसम्म अन्तिम परिणाम आएका ८८ वटा स्थानीय तहमध्ये दुई पालिका प्रमुखमात्रै जितेको छ ।
उसले कैलालीको घोडाघोडी नगरपालिका र बझाङको केदारस्युँ गाउँपालिका जितेको छ ।
घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका थिए । रावतले १३ हजार १२८ मत ल्याउँदा चौधरीले ८२४१ मत पाएका थिए ।
त्यस्तै, बझाङको केदारस्युँमा पनि एमालेका लोकेशबहादुर भण्डारीलाई १ हजार ९१३ मतले पछि पार्दै एकीकृत समाजवादीका गणेश बोहराले जितेका छन् ।















प्रतिक्रिया