
चन्द्रौटा, ६ वैशाख । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा(एमाले) की शिवकुमारी थारु निर्वाचित भएका छन् ।शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित भएकी हुन ।
एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहेका थिए । । विसं २०७४ को निर्वाचनमा शिवराजको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जितेको थियो ।
नगरको उपप्रमुखमा भने शिवकुमारी थारु निर्वाचित भएकी छन् । नगरमा रहेका ११ वडामा मिश्रित परिणाम आएको छ । तीन वडा कांग्रेस, तीन एमाले, दुई÷दुई माओवादी र लोसपा, एक वडामा जसपाले जीत निकालेको छ ।–रासस















प्रतिक्रिया