६ कार्तिक २०८३, शुक्रबार

स्थानीय तह मतपरिणामः ६३८ पालिकामध्ये कुन दलले कति जिते ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम करिब अन्तिम चरणमा पुगेको छ ।

यसैबीच ७५३ स्थानीय तहमध्ये ६३८ तहका निर्वाचन परिणाम आइसकेको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले भएको छ भने दोस्रोमा नेकपा एमाले, तेस्रोमा नेकपा (माओवादी केन्द्र) रहेका छन् ।

त्यसपछि क्रमशः जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचित भएका छन् ।

मतगणना सकिएका २८३ स्थानमा कांग्रेसले नेतृत्व जितेको छ । जुन ४४.३५ प्रतिशत हो ।

यस्तै, एमालेले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको मतगणना सम्पन्न भएका पालिकाको २७.८९ प्रतिशत हो ।

माओवादीले १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । जुन १७.३९ प्रतिशत हो ।

त्यस्तै, जसपाले २० वटा पालिकाको नेतृत्व जितेको छ भने एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकामा आफ्नो जीत सुरक्षित गरेको छ ।

प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २.१९ प्रतिशत पालिकामा एकीकृत समाजवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवारले जितेका छन् ।

लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

त्यस्तै, अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका आयोगले जनाएको छ ।