
काठमाडौँ, ६ जेठ । काठमाडौं महानगरपालिकामा एक तिहाइ मतगणना सकिंदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ३८ प्रतिशत मत पाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शुक्रबार बिहान साढे ११ बजेसम्म ७३ हजार ५९३ मतगणना भएको छ। काठमाडौंमा एक लाख ९१ हजार १८६ मत खसेको थियो।
मेयरमा स्वतन्त्र उम्मेदवार साहले २८ हजार ११ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले १४ हजार ७९६ मत पाएका छन्। त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४ हजार ४२० मत पाएकी छन्।















प्रतिक्रिया