६ कार्तिक २०८३, शुक्रबार

एमाले कति पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । हालसम्म मतगणना सम्पन्न भएकामध्ये १७८ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार ६३५ पालिकाको मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार १७८ वटामा विजयी बनेका हुन् ।

मतगणना सम्पन्न भएका पालिकामध्ये एमालेले नेपाली कांग्रेस पछाडि बढी स्थानमा विजय प्राप्त गरेको छ । कांग्रेसले भन्दा १०६ कम पालिकामा एमालेका उम्मेदवार विजयी बनेका छन् । कांग्रेसले हालसम्म २८३ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १९ स्थानमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।