
चितवन, ६ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको मतान्तर केही घटेको छ । पछिल्लो मत परिणामअनुसार दाहालले २० हजार ७ सय ३९ मत पाउनु भएको छ ।
एमालेका उम्मेदवार विजय सुवेदीको १७ हजार ४ सय ९९ मत छ । पछिल्लो मत परिणामअनुसार दाहाल सुवेदीभन्दा ३ हजार २ सय ४० मतले अगाडि हुनुहुन्छ । भरतपुरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म ७ हजार ९ सय ५६ मत पाउनु भएको छ ।















प्रतिक्रिया