६ कार्तिक २०८३, शुक्रबार

धादिङ थाक्रेको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ६ जेठ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार रामकुमार आचार्य विजयी भएका छन् । उनी १० हजार ३ सय ५५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद विडारीले ८ हजार १ सय १६ मत प्राप्त गरे ।

आचार्यको यो दोस्रो कार्यकाल हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि अध्यक्षमा विजयी भएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार यन्त्रबहादुर थापा विजयी भएका छन् । उनी ९ हजार ४ सय ३१ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अम्बिका रुपाखेतीले ९ हजार ९१ मत प्राप्त गरिन् ।