३ मंसिर २०८३, बिहिबार

युनाइटेड एकेडेमीले मनायो रजत जयन्ती, शिक्षामा फड्को

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ। युनाइटेड एकेडेमीले रजत जयन्ती मनाएको छ। विद्यालय स्थापनाको २५औँ वर्ष पुगेको उपलक्ष्यमा ‘समाजोत्थानका निम्ति गुणस्तरीय शिक्षा’ नाराका साथ हालै रजत जयन्ती मनाएको हो।

२५ वर्ष पहिले एसएलसीपछिको ‘प्लस टु’ शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको युनाइटेड एकेडेमी नेपालकै शैक्षिक क्षेत्रमा एउटा कोशे ढुङ्गाको रूपमा स्थापित भइसकेको छ।

प्रारम्भदेखि नै विज्ञान, व्यवस्थापन र मानविकी शंकायमा अध्ययन अध्यापन हुँदै आएको यस विद्यालयमा विगत ३ वर्षदेखि कानून शंकायसमेत अध्ययनको निम्ति थप गरिएको छ।

साढे दुई दशकदेखि काडमाडौं उपत्यकामै यो विद्यालय आफ्नो छुट्टै पहिचान बनाउन सक्षम भएको छ।

देशभरी कै विद्यार्थीका निम्ति पहिलो रोजाइ बन्न पुगेको यो विद्यालयको २५ वर्षे निरन्तरता तथा यस विद्यालयबाट आफ्नो अध्ययन सकेर विश्वका विभिन्न देशका विभिन्न क्षेत्रमा पुगेका विद्यार्थीहरूको  सफलता नै यस विद्यालयको महत्वपूर्ण उपलब्धी रहेको बताइन्छ।

उच्च शिक्षाका निम्ति युनाइटेड कलेजको समेत स्थापना गरी त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीए, बीबीएस, बीसीए, बीबीएम र एमबीबीएस समेत सञ्चालन गरेको छ।