६ कार्तिक २०८३, शुक्रबार

भक्तपुरको सूर्यविनायकमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमालेले जितेको छ। यहाँ एमालेका उम्मेदवार वासुदेव थापा विजयी भएका हुन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार निशान ढुंगेललाई १ हजार ५२६ मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापाले १४ हजार ७५८ मत ल्याए भने ढुंगेलले १३ हजार २३२ मत पाएका छन् । निर्वाचित मेयर थापा सो नगरपालिकाका निवर्तमान मेयरसमेत हुन् ।

त्यसैगरी उपप्रमुखमा एमालेकै सरिता भट्टराई विजयी भएकी छिन् । उनले १३ हजार ४९० मत पाएर विजयी भएकी हुन् । उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एसका श्यामसुन्दर बस्नेतलाई ७ हजार ८२९ मत अन्तरले पराजित गरेकी हुन् । बस्नेतले ६ हजार ६ सय ६१ मत मात्र पाएका छन् ।