६ कार्तिक २०८३, शुक्रबार

घोराहीमा गठबन्धनलाई हराउँदै एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ। मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी विजयी भएका हुन्।

गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३६० मतान्तरले पराजित गर्दै मेयरमा चौधरी पुनर्निर्वाचित भएका हुन्। चौधरीले ३१ हजार ७२८ मत र शर्माले २६ हजार ३६८ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपमेयरमा एमालेकी डिसीले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतान्तरले पराजित गरेकी छिन्। डिसीले ३० हजार ४०३ मत र डाँगीले ३० हजार ३५४ मत प्राप्त गरेका छन्।