
पर्सा, ४ जेठ । पर्साको कालिकामाई गाउँपालिकामा पर्सा जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छो उम्मेदवार २१ वर्षीय वशिष्टकुमार गुप्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टीबाट कालिकामाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहनुभएका गुप्ता आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अजय पटेललाई ११७ मत अन्तरले पराजित गरी निर्वाचित भएका हुन् ।
यसैगरी कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टीबाट उपाध्यक्षकी उम्मेदवार सहानी खातुनलाई १११ मत अन्तरले पराजित गरी नेपाली कांग्रेसकी राजमतीदेवी बरैनी निर्वाचित भएकी छन् । पाँचवटा वडा रहेको उक्त गाउँपालिका तीन वटा वडाध्यक्ष जनता समाजवादी पार्टी (जसपा), एउटामा नेकपा एमाले र एउटामा कांग्रेसले जितेको छ ।















प्रतिक्रिया