६ कार्तिक २०८३, शुक्रबार

दैलेखको आठबिस नगरमा एमालेका प्रमुख र उपप्रमुख विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, ४ जेठ । आठबिस नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी हुनुभयो भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भए ।

कांग्रेसका उम्मेदवार प्रेमप्रकाश शाहीलाई २६१ मतान्तरले हराउँदै बडुवाल विजयी हुनुभएको आठबिस नगरपालिकाका निर्वाचन अधिकृत ओमबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार बहुमत वडासहित विजयी बडुवालले पाँच हजार ३२७ मत ल्याए । पराजित शाहीले पाँच हजार ६६ मत मात्रै पाए ।

यस्तै उपप्रमुखमा एक हजार ४८ मतान्तरले एमालेकी थापा विजयी भइन् । कांग्रेसकी उम्मेदवार निशा थापाले चार हजार ९६५ मत ल्याएर पराजित हुँदा थापाले पाँच हजार ११३ मत ल्याएर विजयी भइन् ।