
काठमाडौँ, ४ जेठ । धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएका १८ वटा मतपत्र भेटिएपछि विवाद हुँदा मतगणना रोकिएको हो । १८ वटै मतपत्रमा मत माओवादीको उम्मेदवारलाई परेको थियो ।
अहिले वडा नं. २० को मतगणना भइरहेको थियो । वडामा कांग्रेसका पदमबहादुर लिम्बु ४ मतान्तरले विजयी भएका थिए । विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । माओवादी केन्द्रका विजय तामाङ उनको निकटतम प्रतिस्पर्धी छन् । दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत गणेश खतिवडाले बताए ।















प्रतिक्रिया