६ कार्तिक २०८३, शुक्रबार

पर्साको ठोरीमा एमालेका श्रेष्ठ विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, ४ जेठ । पर्साको ठोरी गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा गोकुलीकुमारी रेग्मी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुशील साह कानुले जानकारी दिए ।

४ हजार ४९ मत ल्याएका श्रेष्ठले माओवादी केन्द्रका पदम लाल श्रेष्ठ (पिएल) लाई ७ सय १६ मतले पराजित गरेका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका माओवादीका पिएलले ३ हजार ३२९ मत प्राप्त गरेका छन् ।

४ हजार २५९ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएकी एमालेकी गोकुली कुमारी रेग्मीले माओवादी केन्द्रकी उम्मेदवार निरु तामाङलाई एक हजार २१६ मतले पराजित गरेकी हुन् ।