![]()
गोरखा, ४ जेठ । गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णबहादुर राना र उपमेयरमा कांग्रेसकी मसली माया थोकर पुन विजयी वनेकी छिन् । १ हजार आठ सय ५६ मतान्तरसहित राना विजयी बनेका हुन् ।
८ हजार ९ सय ६४ मत ल्याएर राना विजयी बने । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उमेदवार बनेका राजनराज पन्त ७ हजार १ सय ८ मत ल्याएर पराजित बने । २०७४ को निर्वाचनमा पनि राना र पन्त प्रतिस्पर्धी थिए । २
त्यस्तै उपमेयरमा विजेता बनेकी थोकरले ७ हजार ४ सय ५३ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी(जसपा) का नारायण खत्रीले ६ हजार ७ सय १८ मत ल्याएर पराजित बने । गोरखा नगरपालिकामा माओवादी र जसपाबीच मेयर र उपमेयरमा चुनावी तालमेल भएको थियो ।















प्रतिक्रिया