
काठमाडौँ, ४ जेठ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास रहेको बूढानीलकण्ठ नगरपालिकाको मेयर रउपमेयर दुवैमा नेकपा एमालेले जितेको छ।
नगरपालिकाको मेयरमा एमालेका मिठराम अधिकारी १४ हजार २५० मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५१२ मत पाए।
यसैगरी उपमेयरमा पनि एमालेकै अनिता लामा विजयी भएकी छन्। उनले १४ हजार ३१४ मत पाइन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी उनको निकटतम् प्रतिस्पर्धी रमिला वाग्लेले ११ हजार ९७२ मत पाइन्।















प्रतिक्रिया