६ कार्तिक २०८३, शुक्रबार

धरान उपमहानगरपालिकाको १० मा एमालेको प्यानलै विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ४ जेठ । धरान उपमहानगरपालिका वडा नम्बर १० को अध्यक्षमा एमालेका विवेक राईसहितको प्यानल निर्वाचित भएको छ ।

उनले कांग्रेसकी रुपा राईलाई पराजित गर्दै विवेकको प्यानल निर्वाचित भएको हो । निर्वाचित विवेकले ९२४ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी रुपाले ५६७ मत प्राप्त गरिन् ।

वडासदस्यमा कृष्णबहादुर राई, फुर्दिकी शेर्पा, अरुना सुन्दास र समसेर बर्देवा निर्वाचित भएका छन् । वडाअध्यक्षमा एमाले निर्वाचित हुँदा एमालेकी मेयरकी प्रत्यासी मन्जु भण्डारीले भने ४१७ मत प्राप्त गरेकी छिन्।