
-एसपी उप्रेती
झापा, ४ जेठ । सत्तारुढ गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।
अध्यक्षमा एमालेका देविन्द्रप्रसाद चम्लागाईं ७१४८ मतसहित निर्वाचित हुँदा निवर्तमान अध्यक्ष गठबन्धनबाट नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीले ४३६१ मत ल्याए ।
त्यस्तै, उपाध्यक्षमा पनि एमालेकी शान्तादेवी शिवाकोटी ६६३६ मतसहित विजयी भएकी छन् ।
उनका प्रतिस्पर्धी कमला राजवंशीले ४१९५ मत पाएकी छन् ।
अघिल्लो पटक अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो ।















प्रतिक्रिया