
काठमाडौँ, ४ जेठ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्। २७ हजार मतगणना हुँदा रेनु नेकपा एमालेका विजय सुवेदीभन्दा एक हजार ६०० भन्दा बढी मतले अगाडि छन्।
रेनुले अहिलेसम्म ९ हजार ८०१ मत पाएकी छन्। एमालेका उम्मेदवार सुवेदीले आठ हजार १८४ मतसहित पछ्याइरहेका छन्। गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन्।















प्रतिक्रिया