
काठमाडौँ, ४ जेठ । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ४१ हजार १०८ मत गन्दा बालेनले १६ हजार ५२ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८ हजार ३४५ मत पाएका छन् । स्थापितभन्दा बालेनले ७ हजार ७०७ मत बढी ल्याएका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ५११ मत ल्याएकी छन् । बालेनले सिंहको भन्दा ८ हजार ५४१ मत बढी ल्याएका छन् ।















प्रतिक्रिया