
काठमाडौँ, ३ जेठ । एक महिलामाथि बलात्कारको आरोपमा मुद्दा खेपेका सिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्च अदालतले बदर गरिदिएको छ ।
मंगलबार उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको फैसला उल्टाइदिएको हो ।
उच्च अदालत विराटनगरले जिल्लामा पेस भएका प्रमाणहरू पुनः बुझेर फैसला गर्न जिल्लालाई आदेश दिएको छ ।
अदालतले पीडित र पीडक पक्षबीच भएको भ्वाइस कलको परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न र पीडित र पीडक पक्षका साक्षीको बकपत्र गर्न तथा प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न आदेश दिएको छ ।
गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।















प्रतिक्रिया