६ कार्तिक २०८३, शुक्रबार

प्रकाशमान सिंहकै क्षेत्रमा पनि बालेन र सुनिताकै लिड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिकाको मेयर र उपमेरका उम्मेदवार बालने साह र सुनिता डंगोलले सुरुदेखि अग्रता लिइरहेका छन् ।

यसै क्रममा उनीहरु वडा नम्बर २९ को मतगणनामा अग्रता लिएका छन् ।

यो वडा कांग्रेस नेता तथा मेयर उम्मेदवार सिर्जना सिंहका श्रीमान् प्रकाशमान सिंहको निर्वाचन क्षेत्रमा पर्दछ । तर यही वडामा पनि युवा उम्मेदवारहरु साह र डंगोलले अग्रता लिइरहेका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार बालेनले ७३ भोट पाउँदा सिर्जना सिंह दोस्रोमा छिन् । उनले बालेनलाइ पछ्याउँदै ६२ मत पाएकी छन् । एमालेका केशव स्थापितले ३२ मत पाएका छन् ।

त्यस्तै, उपमेयरकी डंगोलले ५१ भोट ल्याउँदा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ३२ भोट आएको छ ।

अहिलेसम्म मेयर उम्मेदवार बालेनले १२५५३ मत ल्याएर अग्रता कायम राखेका छन् ।

यस्तै एमाले उम्मेदवार केशव स्थापितले ६७०६ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ५९५७ मत ल्याएकी छन् ।