
सप्तरी, ३ जेठ । सप्तरीको सप्तकोसी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद ढकाल विजयी भएका छन् ।
ढकाल ४ हजार ४ सय ६९ मतवसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तम शर्मा गौतमले २ हजार ९ सय ६७ मत ल्याएका छन् ।
त्यस्तै, उप–प्रमुखमा कांग्रेसकै रिताकुमारी चौधरी ३ हजार ९ सय ५८ मतसहित विजयी भएकी हुन् ।
त्यस्तै, नगरका ११ वडामध्ये ६ वटा वडाध्यक्षमा कांग्रेस, ४ वडाध्यक्षमा एमाले र एक वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।















प्रतिक्रिया