५ कार्तिक २०८३, बिहिबार

शेयर बजारमा पहिरो, ८४ अंकले घट्यो नेप्से

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । शेयर बजारमा पहिरो गएको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८४.९० अंकले घटेर २६६५.५२ को बिन्दुमा झरेको छ ।

आजको दिनमा अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, कारोबार रकम पनि डेढ अर्बमै सिमित भएको छ ।

मंगलबार विभिन्न कम्पनीका करिब ३६ लाख कित्ता शेयर किनबेच हुँदा एक अर्ब ६४ करोड बढीको कारोबार भएको छ ।

निर्वाचनपछि पूँजी बजार बढ्ने आंकलन गरिए पनि घटेर सुरु भएको छ ।