६ कार्तिक २०८३, शुक्रबार

सल्यानमा विजयी जुलुस मनाउने क्रममा करेन्ट लागेर दुई जनको मृत्यु १३ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २ जेठ । विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुस जान लाग्दा बसमा करेन्ट लागेर दुई जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका हुन्।

विजय जुलुसमा जादै गर्दा ना५ख ८०६० नम्बरको बसको छतमा बसेका बेला करेन्ट लागेर कुमाख गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी छन्। दुवैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।