६ कार्तिक २०८३, शुक्रबार

पाल्पाको तिनाउँमा अध्यक्षमा एमालेका श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका थापा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामपुर, २ जेठ । पाल्पाको तिनाउँ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का प्रेम श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले पाँच हजार ९० मत ल्याएर विजयी हुनुभयो भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले चार हजार ४६६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका लालबहादुर थापा निर्वाचित हुनुभएको छ । थापाले पाँच हजार ८२ मत प्राप्त गर्नुभएकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले चार हजार ६५ मत प्राप्त गर्नुभयो ।

वडा नं १ को वडा अध्यक्षमा नेकपा (एमाले)का भुवानसिंह चिदी, वडा नं २ मा एमालेकै यादव अर्याल, वडा नं ३ मा कांग्रेसका चित्रबहादुर थापा, वडा नं ४ मा एमालेका तुलबहादुर आले, वडा नं ५ मा एमालेकै इन्द्रा चिदी र वडा नं मा ६ कांग्रेसका टोमबहादुर पुन विजयी हुनुभएको छ ।

तिनाउँमा कुल दश हजार ३१६ मत खसेको थियो । यहाँ २०७४ को निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।–रासस