६ कार्तिक २०८३, शुक्रबार

भरतपुरमा विजय सुवेदीको अग्रता कायमै (पछिल्लो अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २ जेठ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का विजय सुवेदीले अग्रता कायम राखेका छन् ।

पछिल्लो विवरणअनुसार ११ हजार २०७ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ८९९ मत पाएका छन् ।

त्यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले भने ३ हजार ८५६ मत पाएकी छन् ।

त्यस्तै, मेयरकै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५४८ मत पाएका छन् ।

उपप्रमुखमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४३१ मत हासिल गर्दै अग्रतालाई फराकिलो बनाएका छन् । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले ३ हजार ४१ मत पाएकी छन् ।