६ कार्तिक २०८३, शुक्रबार

दिक्तेलको ऐसेलुखर्कमा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिक्तेल, २ जेठ । खोटाङको ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गिरेन्द्रबहादुर राई विजयी भएका छन् । उनले गठबन्धनतर्फका माओवादी उम्मेदवार श्रीबहादुर राईलाई १२६ मतले पराजित गरे ।

गिरेन्द्रले २६०६ मत ल्याउँदा माओवादीका श्रीबहादुरले २४८० मत प्राप्त गरेको निर्वाचन अधिकृत रमाकान्त यादवले जानकारी दिए ।  कांग्रेसका ‘बागी’ उम्मेदवार सन्तवीर तामाङले १००७ मत प्राप्त गरेका छन् । गाउँपालिका सभापतिसमेत रहेका तामाङ बागी उठ्दा एमालेलाई सहज भएको हो ।