६ कार्तिक २०८३, शुक्रबार

गणना त्रुटिपूर्ण भएको भन्दै एमालेद्वारा लमजुङको मध्यनेपालमा पुन: मतगणनाको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १ जेठ । स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मध्यनेपाल नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुले मत गणना त्रुटीपूर्ण भएको भन्दै पुनः गणनाको माग गर्दै मध्यनेपाल स्थित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

नगरपालिका ९ को कल्याण मावि बाँग्रेबेसी र बालज्योती मावि खलकछाप मतदान केन्द्रमा खसेको मत गठना त्रुटिपूर्ण ढंगले भएको भन्दै नगरप्रमुख पदका उम्मेदवार राजकुमार श्रेष्ठ र उपप्रमुख पदका उम्मेदवार सिता गुरुङले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराएका हुन्।

सदरमत पनि जवर्जस्ती वदर गराईएको भन्दै जेठ १ गते आईतबार साँझ ४ बजेर ५३ मिनेटमा दोहोर्याएर मत गणनाको माग गर्दै दुर्गाप्रसाद भुर्तेल समक्ष निवेदन दर्ता गराएका हुन् ।

अनुसूचि ६३ अनुरुप दफा १४२ को उपदफा १ सँग सम्बन्धित सो निवेदनको दर्ता नं १ रहेको जनाईएको छ।

मत गणनाको लागि सर्वदलीय बैठक राखी पूर्णतय शान्त सुरक्षित र धाँधली रहित वातावरण सृजना नगराईए सम्म आफुहरु मत गणनामा सहभागी हुन नसक्ने नगरप्रमुख पदका उम्मेदवार श्रेष्ठले बताएका छन् ।

यसैविच नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गरेको छ।महासचिव शंकर पोखरेलबाट आज जारी तीन पृष्ठ लामो विज्ञप्तिमा सत्ता गठबन्धनले जसरी पनि चुनाव जित्न धाँधलीको साहरा लिएको उल्लेख छ ।

यस्तो छ विज्ञप्ति: