६ कार्तिक २०८३, शुक्रबार

पुर्नवास नगरपालिका १० मा स्थगित निर्वाचन जेठ ३ गते हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १ जेठ । पुर्नवास नगरपालिका–१० विजय माध्यमिक विद्यालयस्थित तीन वटा मतदान केन्द्रको स्थगित निर्वाचन जेठ ३ गते हुने भएको छ । निर्वाचन अधिकृत किरण जोशीका अनुसार मतदान केन्द्र क, ख र ग मा स्थगित मतदान उक्त दिन हुने भएको हो ।

मतदानको समय विहान ०७ बजेदेखि साँझ ५ बजेसम्मका लागि निर्धारण गरिएको छ । वैशाख ३० गते मतदान सुरु भइसकेपछि फर्जी मतको विषयमा राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि निर्वाचन प्रकृया अवरुद्ध भएको थियो ।–रासस