६ कार्तिक २०८३, शुक्रबार

बालेनले जित्ने/नजित्ने दावी गर्दै दुई जनाले राखे २८ किलोको खसी बाजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयरमा जित्ने/नजित्ने दावी गर्दै दुई जनाले खसी बाजी राखेका छन्।

खोटाङको मझुवागढी नगरपालिका वडा नं ५ का विजय फुँयाल र सोही ठाउँमा बस्ने रमेश खड्काले कागज गरेर खसीको बाजी राखेका हुन्। उक्त कागज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

उक्त कागजमा उल्लेख भए अनुसार काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेनले मेयर पदमा जिते रमेशले विजयलाई २८ किलोको खसी दिने र नजितेमा विजयले उक्त खसीको मूल्य बराबरको रकम दिने सहमति भएको छ।