६ कार्तिक २०८३, शुक्रबार

फर्जी मत भेटिएको भन्दै रम्भा गाउँपालिकामा पुन: मतदानको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । फर्जी मत भेटिएको भन्दै विभिन्न दलहरुले पाल्पाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरेका छन् ।

रम्भा गाउँपालिकाका एकीकृत समाजवादी, नेपाली कांग्रेस, माओवादी केन्द्र र मंगोल नसनल अर्गनाइजेसनले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया र मतगणना अस्वीकार गरेका छन् ।

दलहरुको संयुक्त विज्ञप्तिमा उनीहरुले आवश्यक बिजुलीबत्तीको वैकल्पिक व्यवस्था नगरिएको, दलका भातृ संघसंगठनमा रहेका गाउँपालिकामा कार्यरत कर्मचारीहरु प्रयोग गरिएको, मतगणना स्थगन भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एक पक्षीय रुपमा व्यक्तिहरुलाई मत गणनास्थलमा प्रवेश दिइएको, मतपेटिका अध्याँरो तथा अन्य सामग्री भएका स्थानमा राखिएको आरोप लगाएका छन् ।

हेर्नुहोस् विज्ञप्ति :