६ कार्तिक २०८३, शुक्रबार

बझाङको थलारा गाउँपालिकामा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १ जेठ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएको छ ।

उहाँले दुई हजार ७७४ मत प्राप्त गर्नुभएको हो । उहाँको निटकतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशी रहनुभएको छ । जोशीले दुई हजार ११३ र सत्ता गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती तीन हजार १५० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी एमालेकी मीरा रावलले दुई ५८७ मत ल्याउनुभएको छ ।–रासस