
काठमाडौँ, ३१ वैशाख । टोखा नगरपालिकामा वडा नम्बर १,२ र ३ को मत गणना भैरहेको छ ।
साँझ ७ बज्दा सम्म मतगणनाअनुसार एमालेका मेयरका उम्मेदवार प्रकाश अधिकारीले १४३३
र उपमेयरका उम्मेदवार ज्ञानमाया डंगोलले १३१२ मत पाएका छन् ।
यस्तै, नेपाली काङ्ग्रेसकी मेयर उम्मेदवार रजनी थापाले ११६५ मत पाउँदा माओवादी केन्द्रका शेखर श्रेष्ठले २१४मत पाएका छन् । उपमेयर नेपाली काँग्रेसका मुरारी तामाङले ११३६ मत पाउँदा माओवादी केन्द्रकी यमुना पुडासैनी (अधिकारीले )२७७ पाएकी छन् ।
टोखा नगरपालिकामा कूल मतदाता संख्या ३४,६७६ रहेको छ । जसमा १६,५६४ पुरुष र १८,१०९ महिला रहेका छन् । यस नगरपालिकामा ११ वडा छन् ।















प्रतिक्रिया